
काठमाडौं, २७ फागुन । बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा नेपाली कांग्रेस सोरु गाउँपालिका, मुगुका सभापति जयकर्ण मल्लको निधन भएको छ ।
३७ वर्षीय मल्ललाई बुधबारे राति ९ बजे बाँकेको कोहलपुरमा जेब्राक्रसिङबाट बाटो काटिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनमा परी कालिकोट रकु निवासी भरत बुढाको पनि निधन भएको छ ।
पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका मल्लको निधनबाट नेपाली कांग्रेसले एक सक्रिय युवा नेतृत्वलाई गुमाएको कांग्रेस केन्द्रीय पार्टी कार्यालयद्वारा आज बिहीबार जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ ।
‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ नेपाली कांग्रेस शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ’, वक्तव्यमा भनिएको छ ।















प्रतिक्रिया