५ कार्तिक २०८३, बिहिबार

आज पनि प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन बुधबार पनि सोही दरमा सुनको मूल्य वृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८६ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुनको मूल्य ८६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।