९ कार्तिक २०८३, सोमबार

त्रिशूलीमा ट्रक खस्दा दुई जना घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भरतपुर, २७ फागुन । चितवन जिल्लास्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

ट्रक त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक नवलपरासी, सुनवलका २८ वर्षीय दीपक मगर र सह–चालक १७ वर्षीय सुदीप विक रहेका छन् ।

उनीहरूमध्ये चालक मगरको अवस्था गम्भीर रहेको छ । सह–चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक बिहीबार बिहान २ बजे दुर्घटना भएको थियो ।