
काठमाडौं, २७ फागुन । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली भाषामा नै महाशिवरात्रीको शुभकामना दिएका छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्विटरमा दुईजना बाबाहरुसँग बसेर खिचाएको आफ्नो तस्वीर पोष्ट गर्दै उनले शुभकामनाका शब्दहरु पनि लेखेका छन् । ट्विट गरिएको उक्त तस्वीर भने १३ वर्षअघिको महाशिवरात्री पर्वका अवसरमा खिचिएको उनले उल्लेख गरेका छन् ।
उक्त ट्विटमा राजदूत बेरीले ६ वटा शिवरात्री धुमधामसँग अनुभव गर्ने अवसर पाएको तथा आज सार्वजनिक गरिएको तस्वीर सबैभन्दा मन परेको समेत उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘महाशिवरात्रीको शुभकामना ! मैले नेपालमा झण्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सबैभन्दा मनपर्ने यो तस्वीर चाहिँ १३ वर्षअघिको हो । तपाईंहरू सबैको दिन शुभ रहोस् ।’
















प्रतिक्रिया