८ कार्तिक २०८३, आइतबार

पार्टीलाई एक बनाउने जिम्मा प्रधानमन्त्री ओलीका काँधमा छ: नेपाल पक्ष

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २६ फागुन । नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको काँधमा रहेको बताएका छन् ।

वुधबार बानेश्वरमा नेपाल पक्षका नेताहरुको भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निष्कर्ष निकालेको नेता रघुजी पन्तले बताए ।

‘विकसित घटनाक्रमपछि कसरी पार्टी अघि बढाउने भन्ने विषयमा छलफल भयो र त्यसका लागि निर्णायक भूमिका पार्टी अध्यक्षकै हुन्छ भन्ने निश्कर्ष पनि निकालियो’ पन्तले भने, ‘आफू अन्तर्गतका कार्यकर्तालाई विचारमा जुझारु तर अन्य कुरामा संयमित हुन आग्रह भेलाले गरेको छ ।’

संसद विघटनपछि आफूहरुको विचार फरक परे पनि अब विकसित राजनीतिका अधारमा एक भएर अगाडी बढ्नुपर्ने सो पक्षले जनाएको छ ।

‘प्रतिनिधि सभा विघटन गरिएपछि आ–आफ्नै दृष्टिकोण र विचार थिए। अब ती बिर्सेर अघि बढ्नुपर्छ’, पन्तको भनाइ छ । त्यस्तै, भेलाले वामपन्थी एकताका लागि पनि अघि बढ्नुपर्ने बताइएको छ ।