९ कार्तिक २०८३, सोमबार

लायन्स क्लव अफ नवलपरासी र रामग्राम शान्तिभूमिको संयुक्त चार्टर प्रेजेन्टेसन

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 -मोहन पौडेल

परासी, २५ फागुन । लायन्स क्लव अफ नवलपरासी र लायन्स क्लव अफ रामग्राम शान्तिभूमिको संयुक्त चार्टर प्रेजेन्टेसन, कार्यक्रम आज परासीमा सम्पन्न भएको छ । लायन्स क्लव अफ नवलपरासी रामग्रामको मातृत्वमा रामग्राम नगरीमा हालै यी दुवै शाखा स्थापना भएका हुन् ।

मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो र विशेष गरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमो लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ वि टु नेपालले काम गर्दै आइरहेको छ ।

समारोहमा लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ वि टु नेपालका डिष्ट्रक गर्भनर शंकर नकर्मीले लायन्स क्लव नवलपरासीका अध्यक्ष सम्झना चौधरी र लायन्स क्लव अफ रामग्राम शान्तिभूमिका अध्यक्ष सम्राट बस्याललाई शाखा स्वीकृतिको प्रमाणपत्र वितरण गरेका थिए ।

उक्त अवसरमा डिष्ट्रक गर्भनर नकर्मीले मानवीय सेवा नै लायन्स क्लवका पहिलो प्राथमिकता रहेको उल्लेख गरे । उनले लायन्स क्लवको क्षेत्र नं. ४ मा धेरै राम्रा र सेवामूलक कार्यहरु भईरहेको तथा लायन्स शाखा स्थापना हुने क्रम पनि बढेको भन्दै खुशी व्यक्त गरे ।

लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ वि टु नेपालका डिष्ट्रक कोर्डिनेटर एवं लायन्स क्लव अफ नवलपरासी रामग्रामका संस्थापक अध्यक्ष श्याम बस्यालले लायन्स क्लव मार्फत पश्चिम नवलपरासीमा आँखा अस्पतालको स्थापना तथा अन्य मानवीय सेवाका कार्यहरु भईरहेको बताए ।

उनले आफूले २६ वटा शाखा स्थापना गर्न सफल भएको बताए । लायन्स मार्फत समाज सेवामा आफू निरन्तर लागिरहेको भन्दै उनले यस पटक डिष्ट्रीक गर्भनर भएर सेवा गर्ने लक्ष्यका साथ अघि बढेकोले सहयोग गर्न सबैमा अनुरोध गरे ।

रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले लायन्स क्लवका अभियानमा स्थानीय सरकारले सहयोग गर्ने बताए । लायन्स क्लव अफ नवलपरासीकी अध्यक्ष सम्झना चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन्स क्लव अफ नवलपरासीका प्रथम उपाध्यक्ष एवं रामग्राम नगर उपप्रमुख रम्भा कुंवर, द्धितिय उपाध्यक्ष एवं सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय लगायलते शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ वि टु नेपालका पदाधिकारीहरु, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, उवासंघ प्रदेश सदस्य तारा आचार्य लगायतको पनि सहभागिता रहेको लायन्स क्लव अफ रामग्रामकी अध्यक्ष समा बस्यालले जानकारी दिए ।

मुलत मानविय सेवामा समर्पित लायन्स क्लव सन् अमेरिकन नागरिक मेलभिन जोन्सले १९१७ मा एक परिणाम मुखी अवधारणा सहित तत्काली विश्वयुद्धको चपेटामा परेको पिडितहरुको सहयोगार्थ स्थापना गरेको लायन्स क्लव इन्टरनेशशनल विश्को २११ राष्टमा विस्तारित हुने क्रममा नेपालमा भने सन १९७१ मा तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालालले संस्थापक अध्यक्षको जिम्मेवारी सहित विराटनगरमा स्थापना गरेका थिए ।