५ कार्तिक २०८३, बिहिबार

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखियो नेकपा एमालेको बोर्ड

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को साइनबोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरणलाई बदर गर्दै एमाले र माओवादी केन्द्रलाई नै सदर गरेपछि ‘नेकपा’को मुख्य कार्यालय धुम्बाराहीमा आज मंगलबार नेकपा एमालेको बोर्ड राखिएको हो ।

आज बिहान धुम्बाराहीमा एमालेको बोर्ड राखेसँगै एमालेले देशभरका आफ्ना कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिएको छ । धेरैजसो जिल्लाहरुले हिजो सोमबार नै पार्टीको बोर्ड राखिसकेका छन् ।

मंगलबार बिहान तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुख्यालय रहेको धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड राखिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।