५ कार्तिक २०८३, बिहिबार

धरहरा निर्माणको ९५ प्रतिशत काम सम्पन्न, गुम्बज ढलान आज सकिँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २५ । निर्माणाधीन २२ तले धरहरामा आज गुम्बज ढलानको काम सम्पन्न हुने भएको छ ।

२२ तलाको ढलान सकिएपछि गजुर रहने गुम्बज ढलान आज सम्पन्न गरिने भएको हो । धरहरा निर्माणको कार्य गर्दै आएको रमन कन्स्ट्रक्सनले धरहराको काम भौतिक पूर्वाधारको निर्माणको हिसाबले ९५ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिएको छ ।

धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि जारी रहेको नेपाल पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अबको केही महिनाभित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने बताइएको छ ।

कोरोनाका कारण लकडाउनको समय र दसैँ–तिहारजस्ता चाड पर्वको समयमा पनि दिन र रातको समयमा काम भएकाले निर्माणले पूर्णता पाउन लागेको प्राधिकरणले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले धरहरा ढलेको थियो ।