
काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केपी ओलीलाई चार/चार पटक पार्टी सदस्यबाट हटाउनेहरु ‘अपराधी’ भएको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी सार्वजनिक गर्दै थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको उल्लेख गरेका छन् ।
साथै उनले सम्भवतः पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सरकारलाई असफल बनाउन घेराबन्दी गर्नेको अनैतिक हर्कत बिर्सन नहुने समेत बताएका छन् ।
‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ’, उनले लेखेका छन्, ‘जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’















प्रतिक्रिया