३ कार्तिक २०८३, मंगलबार

‘नेपाल टप म्युजिक अवार्ड’को आवेदन खुल्ला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आयोजक युथ ग्रुप नेपालले नेपाली गीतसंगीतको प्रचारप्रसार गर्दै र त्यसका श्रष्ठालाई पुरस्कृत गर्ने उदेश्यले ‘नेपाल टप म्युजिक अवार्ड २०२१’ आयोजना गर्ने भएको छ ।

अवार्डको सबै बिधामा आवेदन खुल्ला भएको आयोजकले जनाएको छ । ‘नेपालको शान, गीतसंगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा वर्ष २०७६–०७७ चैत मसान्तसम्म बजारमा आएका जुनैपनि गीतसंगीतले सहभागिता जनाउन सक्नेछन् ।

सुगम संगीत, पप संगीत, लोक दोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत र प्रादेशिकतर्फ गरेर गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिव तीन दर्जनबढी बिधा अवार्डमा समेटिएको छ ।

नयाँ वर्षको असारमा एक भब्य कार्यक्रमसहित बितरण हुने अवार्डमा समारोहमा लामो समय गीतसंगीतमा बिताएका श्रष्टा तथा रंग पत्रकारलाई नगद सहित सम्मान गरिनेछ ।

अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सूची जेठमा सार्वजनिक गरिने आयोजक युथ ग्रुप नेपाल अध्यक्ष अशोक क्षेत्रीले जानकारी दिए ।