
काठमाडौं, २४ फागुन । साताको शुरु दिन हिजो आइतबार प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज सोमबार पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।
अघिल्लो दिन आइतबार प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला ८६ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया