
काठमाडौं, २४ फागुन । नेकपा दाहाल–नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठक सरेको छ ।
सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । कानुनी र राजनीतिक छलफल गर्नका लागि बैठक सारिएको हो ।
सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न सो समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।















प्रतिक्रिया