२ कार्तिक २०८३, सोमबार

बेलायती राजसंस्थाद्वारा ह्यारी र मेगनलाई रंगभेद गरेको आरोप

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ फागुन । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनको (ड्युक एण्ड डचेज अफ ससेक्स)ले अमेरिकी टेलिभिजनकर्मी ओपरा विनफ्रीसँगको विशेष अन्तर्वार्तामा राजपरिवारमाथि केही गम्भीर आरोप लगाएका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएसबाट नेपाली समय अनुसार सोमबार बिहान प्रशारण भएको दुई घण्टा लामो विशेष अन्तर्वार्तामा मेगनले राजपरिवारका सदस्यले आफ्नो सन्तान (आर्ची) नजन्मिदै छालाको रंगलाई लिएर चासो व्यक्त गरेको आरोप लगाएकी छन् ।

सोही कारण आफ्नो सन्तान आर्चीबाट राजकीय पदवी (राजकुमार) खोस्ने गरि नियम परिवर्तन गरिएको मेगनले आरोप लगाएकी हुन् ।

राजकुमार ह्यारीले आफूहरूको सम्बन्धको सुरुदेखि नै सन्तानको रंगलाई लिएर केही कुरा भएको तर त्यसबारे विस्तृतमा नबोल्ने बताएका छन् । आफ्नो परिवार (राजपरिवार)ले रंगभेदविरुद्ध समर्थन देखाउने मौका गुमाएको देख्दा दुःख लागेको ह्यारीले बताएका छन् ।

राजकुमार ह्यारीले राजपरिवारमा जन्मिएर सुरक्षा खोसिन्छ भन्ने कहिले पनि नसोचेको तर त्यहि भएको बताएका छन् । आर्ची तथा ह्यारीको प्रहरी सुरक्षा हटाइएको छ ।