८ कार्तिक २०८३, आइतबार

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडमा नारीहरूलाई शुल्क पूर्ण रुपमा छुट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरूलाई लक्षित गरी आफूले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट गरेको छ ।

यो योजना अँग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ । शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताहरूले यो सूबिधा प्राप्त गर्न सक्नेछन् ।

विभिन्न व्यवसायमा रहनु भएका व्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरूलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरूको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ ।

विगतका दिनहरूमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गर्नुभएका लगानीकर्ताहरूले राम्रो प्रतिफल प्राप्त गरेका धेरै उदाहरणहरू रहको बैंकले जनाएको छ ।

निश्चित वार्षिक शुल्कका साथ शुरु गर्न सकिने यो सेवा अँग्रेजी महिनाको मार्च अन्तिमसम्मका लागि महिला लगानीकर्ताहरूलाई पहिलो वर्षका लागि वार्षिक व्यवस्थापन शुल्क वापतको रकम पूर्ण छुट गरिएको छ ।