५ कार्तिक २०८३, बिहिबार

४१११ जनाको नमूना परीक्षण गर्दा आइतबार थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६६ जना नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा देशभर ४ हजार १११ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७२१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७० हजार ८८६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । गत बिहीबारसम्मको विवरणअनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८२५ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ९२ हजार ८३६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ८२५ जना आइसोलेसन र ५३ जना क्वारेन्टिनमा छन् ।