८ कार्तिक २०८३, आइतबार

चैतभित्र तामाकोशीको बिजुली झलमल्ल बल्ने, मन्त्रीद्वारा खुसी व्यक्त

77.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा झरेकै दिन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले माथिल्लो तामाकोशीले पनि चैत महिनाभित्र आफ्नो उत्पादन शुरु गर्ने बताएका छन् ।

मन्त्री रायमाझीले माथिल्लो तामाकोशी आयोजनाका विषयमा आफू मन्त्री भएर आउनेवित्तिकै काम छिटो गर्न निर्देशन दिएको बताए । शनिबार रायमाझीले अप्पर तामाकोशी आयोजनाको एउटा यूनिटले चैतभित्र आफ्नो उत्पादन शुरु गर्ने रिर्पोटिङ आएको बताएका छन् ।

राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो यूनिटबाट चैत्र महिनाभित्र बिजुली उत्पादन शुरु हुने बताएका छन् ।

शुरुमा कूल लागत ३५ अर्ब भनिएको थियो । विभिन्न कारण आयोजनामा झण्डै ७० अर्ब खर्च हुनेछ । यो आयोजनामा १० लाख शेयरधनी आवद्ध छन् ।

आयोजना निर्माणको जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकोले तोकिएको काम नगर्दा आयोजनामा ढिलाई भइरहेको थियो ।

आयोजना निर्माण शुरु भएको झण्डै १० वर्ष पूरा हुन लाग्दा समेत नसकिदा लागत र समय दुवै बढ्दै गएको थियो ।

प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले केही समय पहिले आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।

ठूलै विपतको सामाना गर्नु नपरे आयोजनाबाट ७६ मेगावाट विद्युत उत्पादन भइसक्नेछ । ‘त्यसपछि क्रमशः विद्युत् उत्पादनका मेगावाटहरू थपिँदै जान्छन्’, आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ भन्छन्, ‘अब भने यो आयोजनाबाट बिजुली उत्पादनका लागि थप दिन कुर्नुपर्ने छैन ।’

काम सम्पन्न गरी चैत महिनाभित्र पहिलो यूनिट सम्पन्न गर्ने नयाँ समयसीमा तोकिएको छ ।

२०६८ सालमा निर्माण शुरु भएर २०७२ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना ९९.६ प्रतिशतभन्दौ धेरै भौतिक निर्माण सकिएको छ ।

हेडवर्क्सका प्रायः कार्य सम्पन्न भइसकेको छ । सुरुङ, भूमिगत विद्युतगृह, ट्रान्सफर्मरका कार्य पनि सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

जटिल मानिएको पेनस्टक सुरुङको पाइप जडानको काम पनि सकिएको छ ।

कोरोनाको कारण देखाएर ठेकेदार कम्पनीले एक्सपान्सन ज्वाइन्ट पाइप आयातमा ढिलाइ गरेको बताइन्छ ।

पहिलो यूनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन गरिनेछ । आयोजनामा कूल ६ वटा यूनिट रहेको छ । विद्युत् गृहमा उपकरण तथा अन्य सामानको जडान २ वर्ष पहिल्यै सकिएको हो ।