४ कार्तिक २०८३, बुधबार

सोमबारसम्म हल्का वर्षा र हिमपातको सम्भावना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज शनिबार बिहानैदेखि मौसम बदली भएको छ ।

देशका केही पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ । काठमाडौं आसपासका क्षेत्रमा भने हिजो साँझ नै पानी परेको थियो ।

प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको केही स्थानमा सोमबारसम्म हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

अन्य प्रदेशमा भने सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ ।