८ कार्तिक २०८३, आइतबार

सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर (तस्वीरसहित)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-एसपी उप्रेती

काठमाडौँ, २१ फागुन । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा सरकारका वार्ता टोली संयोजक तथा गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्रोही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ ।

सरकार र सो समूहबीच भएको ३ बुँदे सहमति पत्रमा दुवै तर्फबाट हस्ताक्षर भएको हो ।