८ कार्तिक २०८३, आइतबार

नवलपुरबाट काठमाडौंतिर लागे विप्लव, प्रहरीको सुरक्षा

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । तीन बुँदे सहमतिसँगै प्रतिबन्ध हटेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपुर जिल्लाबाट काठमाडौं आएका छन् ।

सहमतिसँगै सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । नवलपुरमा शहीद परिवारलाई भेटेर विप्लव प्रहरीको सुरक्षासहित काठमाडौंतिर आएका हुन् ।

आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओली र विप्लव एकै मञ्चमा देखिँदैछन् । काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने तयारी छ ।

काठमाडौंमा सार्वजनिक हुनुअघि नै शुक्रबार बिहान विप्लव नवलपुरमा देखिएका हुन् । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

विप्लवले शहीद सप्ताहको अन्तिम दिन नवलपुरस्थित शहीद फूलमाया सारू ‘रमा’को परिवारलाई भेटघाट गरेका हुन् ।