८ कार्तिक २०८३, आइतबार

नेपाल बैंकमा दुई सय जनाका लागि जागिर खुल्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ ।

बैंकले शुक्रबार अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ । लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ ।

अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ । चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ ।