३० आश्विन २०८३, शुक्रबार

कम तौल भएका ग्यास सिलिन्डर बेच्न नपाईने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gasबाँके (खजुरा), १७ चैत । नेपालगन्जमा कम तौल भएका मनकामना ग्यास कम्पनीका दुई सिलिन्डर बिक्रीमा रोक लगाइएको छ ।

गुणस्तर तथा नापतौल कार्यालयको आयोजनामा संयुक्त जिल्ला अनुगमन समितिको टोलीले आज नेपालगन्जका ग्यास सप्लायर्समा गरेको अनुगमनका क्रममा मनकामना ग्यास कम्पनीबाट बिक्रीका लागि राखिएको ग्यासमा १५० ग्रामभन्दा कम तौलको बेच्ने गरेको भेटिएको हो ।

अनुगमन टोलीले बागेश्वरी हल रोडमा रहेको श्रीस डिस्ट्रिव्युटर्स, पुष्पलाल चोकमा रहेको आचार्य सप्लायर्स र स्वर्गद्वारी अर्डर जनरल सप्लायर्समा अनुगमन गरेको थियो । सो क्रममा स्वर्गद्वारी अर्डर जनरल सप्लायर्समा कम तौल भएको ग्यास फेला परेको थियो ।

त्यस्तै अनुगमनका क्रममा मूल्यसूची नभएको, ग्यास नाप्ने ढक तराजु नभएको पाइएको अनुगमनमा खटिनुभएका वाणिज्य कार्यालयका निमित्त प्रमुख पूर्णभद्र घिमिरेले जानकारी दिनुभयो । रासस