
काठमाडौं, २० फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग ऐतिहासिक सहमति भएको बताएका छन् ।
केहीबेरअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सो कुरा बताएका हुन् । ‘सरकारले आफूले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्ने छ । अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौं,’ उनले लेखेका छन् ।
आज बालुवाटारमा भएको तेस्रो चरणको वार्तामा सरकार र विप्लव समूहबीच तीनबुँदे समहति भएको हो ।















प्रतिक्रिया