
काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भोलि शुक्रवार एकसाथ सम्बोधन गर्ने भएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजना हुने विशेष समारोहमा विप्लव सार्वजनिक हुने छन् । उक्त कार्यक्रमलाई प्रधानमहन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने भएका हुन् ।
सरकार र विप्लव नेकपाबीच बिहीबार भएको वार्तामा ३ बुँदे सहमति भएपछि विप्लव सार्वजनिक हुन लागेका हुन् ।
दुवै पक्षबीच भएको सहमतिपछि बिहीबार सरकारी वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा र नेकपा वार्ता टोली प्रमुख प्रवक्ता प्रकाण्डले संयुक्त प्रेस नोट जारी गरेका छन् ।
उक्त प्रेस नोटमा विप्लव शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले मुद्दा फिर्ता लिने बुँदा उल्लेख छन् । बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा ३ बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।















प्रतिक्रिया