८ कार्तिक २०८३, आइतबार

कांग्रेसले सजिलै प्रधानमन्त्री पाउँदैन, बाहिर बसेर सरकारलाई समर्थन गरौँः रामचन्द्र पौडेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले भनेजस्तो प्रधानमन्त्री पद पार्टीले लिन सजिलो नदेखिएको बताएका छन् ।

चितवनको भरतपुरमा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘हाम्रो सभापतिजीले भन्नुभएजस्तो त्यति सजिलो पनि छैन प्रधानमन्त्री बन्न ।’

सभापति देउवाले बुधबार चितवनमा आयोजित कार्यक्रमबाट प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने तर जिम्मेवारी आए नभाग्ने बताएका थिए ।

पौडेलले देश संकटपूर्ण अवस्थामा रहेकोले यसलाई पार लगाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए । उनले आज बस्ने पदाधिकारी बैठकमा समग्र विषयबारे छलफल गर्ने पौडेलले बताए ।

‘हामी के हैसियतमा सरकारमा जाने भन्ने छलफल पार्टीमा हुनुपर्छ’, उनले भने, ‘आज बैठकमा पनि त्यसबारे छलफल हुन्छ ।’

पौडेलका अनुसार अरूलाई सहयोग गरेर पनि सरकारमा जान भने सकिन्छ । ‘अरूलाई पनि सरकार बनाउन सहयोग पुर्‍यायो भने कांग्रेसको भूमिका झन् बढ्छ’, उनले भनेका छन ।

नेता पौडेलले प्रधानमन्त्री ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेकोले ओलीलाई सहयोग गर्न नसकिने बताएका छन ।