३० आश्विन २०८३, शुक्रबार

मुस्ताङलाई तीन करोड पर्यटन रोयल्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tourist-in-pothanaमुस्ताङ, १७ चैत । पर्यटकीय जिल्ला मुस्ताङले चालु आर्थिक वर्षमा करिब रु तीन करोड पर्यटन रोयल्टी पाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जिल्ला र क्षेत्रमा भित्रिएको पर्यटक सङ्ख्याका आधारमा रु दुई करोड ९७ लाख पर्यटन रोयल्टी पाएको हो । जिल्ला विकास समिति मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले पर्यटक सङ्ख्या बढेका कारण चालु आवमा दोब्बर रोयल्टी प्राप्त भएको जानकारी दिनुभयो ।

“गत वर्ष रु एक करोड ५० लाखमात्र रोयल्टी आएको थियो” कार्यक्रम अधिकृत थापाले भन्नुभयो । जिल्लामा आव २०६९÷७० मा ३० हजार पर्यटकले भ्रमण गरेका थिए । आव २०७०÷७१ मा ४१ हजार पर्यटक भित्रिएको जिविसले जनाएको छ ।

“अनुकूल मौसम, पर्यटकलाई सत्कार गर्ने स्थानीयको संस्कार र प्राकृतिक सुन्दरताका कारण जिल्लामा बर्सेनि पर्यटकको सङ्ख्या बढ्दै गएको छ” कार्यक्रम अधिकृत थापाले भन्नुभयो ।

रोयल्टीलाई पर्यटनकै क्षेत्रमा प्राथमिकताका आधारमा विनियोजन गर्ने जिविसले जनाएको छ । रासस