२९ आश्विन २०८३, बिहिबार

विश्व च्याम्पियन अष्ट्रेलियाले आईपीएल क्रिकेटमा पनि खेल्ने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Australia-team-after-lifting-the-World-Cupकाठमाडौं, १७ चैत । पाँचौ पटक विश्व च्याम्पियन बनेको अष्ट्रेलियाले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा भाग लिने भएको छ ।

आइपीइल क्रिकेटमा भाग लिन अष्ट्रेलिया टिमका खेलाडी तयारीमा जुटेको जनाइएको छ । आगामी ८ अप्रिलबाट सुरु हुने आईपीएल क्रिकेटमा अष्ट्रेलियाका ११ जना खेलाडीले विभिन्न टिमबाट खेल्दैछन् ।

क्रिकेट अष्ट्रेलिया (सीए) को वेबसाइट अनुसार आईपीएलमा अष्ट्रेलियाका कप्तान माइकल क्लार्क, क्रिकेटर ब्रैड हैडिन, मिशेल मार्श र जेवियर डोहार्टीले खेल्ने छैनन् । त्यसबाहेक सबै खेलाडी आईपीएलमा सहभागि हुने टिमसँग अनुबन्धित भइसकेका छन् ।

उसरी १५ अष्ट्रेलियन क्रिकेटर आठौं संस्करणको आईपीएलमा खेल्दैछन् । जसमा ८ जना कोचको भुमिकामा देखिदैछन् । यो सूचीमा रिकी पोंटिंग (मुंबई इंडियंस), टॉम मूडी (सनराइजर्स हैदराबाद) र ट्रेवर बेलिस (कोलकाता नाइटराइडर्स)को मुख्य कोचमा नियुक्त भएका छन्

आईपीएल १४ मे मा सकिने छ । आइपीएल सकिएको केही दिनपछि अष्ट्रेलिया टस्ट म्याच खेल्न वेस्टइंडीतर्फ लाग्ने छ ।

– यस्ता छन् आठौ संस्करणको आईपीएल क्रिकेट प्रतियोगितामा भाग लिएका अष्ट्रेलियाका क्रिकेटर :

चेन्नई सुपर किंग्स : माइक हसी, एंड्रियू टी, एंडी बिकेल (गेंदाबाजी कोच), स्टीन रिक्सन (फील्डिंग कोच) ।

दिल्ली डेयरडेविल्स : नाथन काउल्टर–नील, गुरिंदर संधु, ट्रेविस हेड, मार्कस स्टोनिस ।

किंग्स इलेवन पंजाब : जॉर्ज बेले, मिशेल जॉनसन, ग्लेन मैक्सवेल, शॉन मार्श, जोए डावेस (गेंदबाजी कोच) ।

कोलकाता नाइटराइडर्स : पैट कमिंस, ब्रैड हॉज, ट्रेवर बेलिस (मुख्य कोच) ।

मुंबई इंडियन्स : जोस हाजेलवुड, एरॉन फिंच, एडेन ब्लीजार्ड, रिकी पोंटिंग (मुख्य कोच) ।

राजस्थान रोयल्स : शेन वाटसन, जेम्स फॉल्कनर, स्टीव स्मिथ, केन रिचर्डसन, बेन कटिंग ।

रोयल्स चैलेंजर्स बैंगलोर : मिशेल स्टार्क, निक मैडिंसन, सिन एबॉट, ट्रेंट वुडहिल (व्याटिङ र फील्डिंग कोच) ।

सनराइजर्स हैदराबाद : डेविड वार्नर, मोएसिस हेनरिक, डॉम मूडी (मुख्य कोच), सिमन हेल्मट (सहायक कोच) । एजेन्सी