२ कार्तिक २०८३, सोमबार

अमेरिकाद्वारा रुसका शीर्ष अधिकारीहरूमाथि प्रतिबन्ध

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १९ फागुन । विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास भएको विषयमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।

नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको निष्कर्ष गुप्तचर निकायको रहेको अमेरिकाले बताएको छ ।

नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले रुसका सात शीर्ष अधिकारी तथा रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ फर्ममाथि प्रतिबन्ध लगाएको हो ।

नाभाल्नीमाथि भएको आक्रमणले रुसले रसायनिक हतियारको प्रयोग गर्ने गम्भीर क्रमलाई देखाएको र त्यो चिन्ताजनक रहेको एक अमेरिकी अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।