८ कार्तिक २०८३, आइतबार

मोलुङ्ग हाइड्रोपावरको आइपीओ निष्काशन सम्झौता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशनको सम्झौता भएको छ ।

रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौँ (आयोजना स्थल ओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गरिने एक सय रुपैयाँ दरको साधारण शेयर ३५ लाख ३१ हजार (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८ लाख २ हजार ५ सय कित्ता शेयर समेत) कित्ता निष्काशन गर्नको लागि सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौँलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौँमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ ।

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट २०७४ चैत १२ गतेबाट व्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।

२०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११ औँ वार्षिक साधारण सभाबाट कम्पनीको अधिकृत पूंजी वृद्धि गरी एक अर्ब र जारी पूंजी वृद्धि गरी ८० करोड पच्चीस लाख कायम गर्ने निर्णय भएको छ ।

उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६% अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गर्ने जानकारी गराएको छ ।