काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी ओली मंगलबार झापा र मोरङका दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी हुने भएका छन ।
ओली आइतबार मात्र झापाको दमक, कमल र गौरादह नगरपालिकाका पाँच वटा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका प्रधानमन्त्री ओली फेरि झापा जान लागेका हुन् ।
प्रधानमन्त्री ओली फागुन २१ गते पनि झापा आउने कार्यक्रम रहेको नेकपा ओली समूह झापाका अध्यक्ष चिन्तन पाठकले बताए ।
गृह जिल्ला झापाका दुई कार्यक्रम र मोरङको एक कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली आजै साँझ काठमाडौं फर्किने छन ।
ओली काठमाडौंबाट यति एयरलाइन्सको दोस्रो फ्लाइटबाट भद्रपुर ओर्लनेछन् । गृह जिल्लामा पहिलो कार्यक्रम बिर्तामोड नगरपालिकाले वडा नं. ७ मा निर्माण गरेको प्रदेश गौरभ भिलेजको समुद्घाटन गर्नेछन् ।
प्रदेश गौरभ भिलेज बिर्तामोड नगरपालिकाले निर्माण गरेको छ। ह्याविटाट र सहारा नेपाल नेपालको सहयोगमा ३७ वटा आवास निर्माण गरिएको छ ।











प्रतिक्रिया