४ कार्तिक २०८३, बुधबार

राष्ट्रपतिद्वारा फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद अधिवेशन (प्रतिनिधिसभाको बैठक) आह्वान गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले संसद बैठक आह्वान गरेकी हुन् । आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनः स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आह्वान गर्न परमादेश जारी गरेको थियो ।

सोही फैसलाबमोजिम सरकारले आज संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्–  सरकारद्वारा फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस