४ कार्तिक २०८३, बुधबार

निरन्तर घटिरहेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले बढ्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । केही दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज सोमबार केही बढेको छ ।

सोमबार प्रतितोला ४०० रुपैयाँले सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ८८ हजार ७०० रुपैयाँ र तोजावी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

विगत ५ दिनदेखि निरन्तर घट्दै आएको सुनको मूल्य आज केही बढेको हो । ५ दिनको अवधिमा २ हजार ३०० रुपैयाँले घटेको छ ।