काठमाडौं, १७ फागुन । सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको हो ।
यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल भए पनि औपचारिक निर्णय आज गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जनाएको छ ।















प्रतिक्रिया