काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी ओली आज पोखरा जाने भएका छन् ।
नेकपा ओली समूहको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ । प्रतिष्ठान भवन नदीपुरमा बनाउन लागिएको छ ।
पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
यसैबीच, प्रधानमन्त्री ओली मंगलबार पनि झापा जाने कार्यक्रम छ ।











प्रतिक्रिया