४ कार्तिक २०८३, बुधबार

साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । साताको पहिलो दिन आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

आज आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८८ हजार ३०० रुपैयाँमा झरेको छ ।

यसअघि साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलामा ५०० रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ७३५ डलर छ ।

यस्तै आज चाँदीको मूल्य पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १ हजार ३२५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।