६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री ओली आज झापा जाँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । विभिन्न कार्यक्रमहरूमा सहभागी हुन प्रधानमन्त्री केपी ओली आज झापा जाँदै छन ।

प्रधानमन्त्री ओली आइतबार दिनभरको कार्यक्रमका लागि आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जान लागेका हुन । उनले औद्योगिक पार्क, चारवटा पुलको उद्घाटन र एउटा पुलको शिलान्यास गर्ने कार्यक्रम छ ।

उनले कमल गाउँपालिका–६, झर्कामा बन्न लागेको नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम छ ।

नेपालकै ठूलो औधोगिक पार्कको रुपमा लिइएको औद्योगिक पार्क शिलान्यासको तयारी पूरा भएको पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।