४ कार्तिक २०८३, बुधबार

जनताको चाहना नै वर्तमान सरकार हो, सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरूलाई आग्रह गरेका छन् ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघको २७ औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘अब सरकार परिवर्तन गर्न लाग्नेहरू निरास हुँदैछन्, मुलुकमा अवरोध होइन गति दिन जरुरी छ, ढुक्क हुनुहोस् यही सरकारले मुलुकमा समृद्धि ल्याउँछ ।’

सरकार मुलुकप्रति चिन्तित भएको भएको बताउँदै उनले यही सरकारले नै देशलाई सही बाटोमा अगाडि बढाउने दाबी गरे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको भन्दै राजनीतिक स्थिरताका लागि दलहरूलाई आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना, सञ्चार प्रविधिलाई शहर केन्द्रित भन्दा पनि गाउँ केन्द्रित गर्नुपर्ने माग गरे । महासंघका अध्यक्ष नवराज कुँवरले सञ्चार प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास गर्न सकिने हुँदा त्यसमा लगानी गर्न सरकारलाई आग्रह गरे । सन् १९९२ मा स्थापना भएको महासंघको ५८ वटा जिल्लामा शाखा छन् । रासस