४ कार्तिक २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा कांग्रेस नेता जोशीको स्वास्थ्यलाभको कामना

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिष्कघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल आज शनिबार बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । शुक्रबार अस्पताल भर्ना भएका जोशीको हाल सघन कक्षमा उपचार भइरहेको छ ।

सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नाका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।