६ मंसिर २०८३, आइतबार

शनिबार यस्तो रहनेछ देशभरिको मौसम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । शनिबार देशभरि पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । हाल देशका पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

तराइका केही स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक – दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।