४ कार्तिक २०८३, बुधबार

रूखबाट लडेका घाइतेको उपचार गर्न लैजाँदा जिप दुर्घटनामा मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १४ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जिप दुर्घटना हुँदा एक जना बिरामीको मृत्यु भएको छ ।

बिहीबार राति भएको सो दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनी जाने क्रममा ग १ ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

रुखबाट लडेर घाइते भएका रोकालाई सोही जिपमार्फत उपचारका लागि पोखरा लगिदै थियो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा लगिएको छ ।

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।