
दाङ, १४ फागुन । दाङको घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै घरमा मृतवस्थामा फेला परेका छन् ।
मृतक घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । अन्दाजी ४३ वर्षीय घिमिरे बिहीबार राती घरमा एक्लै थिए । बच्चासहित उनकी श्रीमती माइती गएको अवस्थामा यस्तो घटना भएको प्रहरीले बताएको छ ।
घरको माथिल्लो तल्लाबाट लडेर उनको मृत्यु भएको अनुमान गरिए पनि मृत्युको स्पष्ट कारण भने खुलिसकेको छैन ।















प्रतिक्रिया