४ कार्तिक २०८३, बुधबार

आज पनि घट्यो सुनचाँदीको मूल्य

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । आज शुक्रबार सुनचाँदीको मूल्यमा कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी मूल्य प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।