
काठमाडौं, १४ फागुन । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू देखिएको छ ।
बर्डफू भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला, अण्डा तथा दाना नष्ट गरिएको छ ।
पशुसेवा विभागका अनुसार हिजो बिहीबार संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका कुखुरा र चल्ला नष्ट गरिएको हो ।
साङ्लास्थित छाप भन्ने ठाउँका ५ वटा व्यावसायिक फर्ममा बर्डफ्लू देखिएको हो । केही साताअघि पनि तारकेश्वरमै यस्तो संक्रमण देखिएको थियो ।















प्रतिक्रिया