४ कार्तिक २०८३, बुधबार

नेपालमा ४ लाख २९ हजार जनाले लगाए कोरोनाविरुद्धको खोप

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । सरकारले कोभिड–१९ विरुद्ध सञ्चालन गरेको पहिलो चरणको खोप अभियानअन्तर्गत हालसम्म ४ लाख २९ हजार जनाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा ४ लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको छ ।

सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको हो । मन्त्रालयले पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरण र फागुन २ देखि १० गतेसम्म दोस्रो चरणको खोप लगाएको थियो ।

पहिलो चरणमा १ लाख ८९ हजार ३४५ जना र दोस्रो चरणमा २ लाख ४० हजार ३६० जनालाई खोप प्रदान गरिएको हो ।