४ कार्तिक २०८३, बुधबार

प्रचण्ड वा माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन : प्रेस सल्लाहकार थापा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका प्रचण्ड–माधव समूहका नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको नेतृत्वमा भावी सरकार निर्माण हुन नसक्ने बताएका छन् ।

उनले प्रचण्ड र माधव नेपालको नेतृत्वमा सरकार गठन हुनु ‘गोरु ब्याएर बिगौती खानु’जस्तै भएको टिप्पणी समेत गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ,’ उनले अगाडि लेखेका छन्, ‘यसो हुनु भनेको गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं !!’