१ कार्तिक २०८३, आइतबार

सत्तास्वार्थसँग जोडियो डा.केसीको आमरण अनशन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Taruniharu Saxy Landy nepaliकाठमाडौं, १७ चैत । सरकारको नेतृत्व गरेको कांग्रेसलाई नौ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको माग पूरा गर्न सत्ता गठबन्धनको स्वार्थ नहेर्न दबाब परेको छ।

कांग्रेसले सरकारको नेतृत्व गरेका बेला डा केसीले उठाएका माग जायज भएकाले तत्काल पूरा गर्न प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइरालालाई ३५ जनाभन्दा बढी केन्द्रीय सदस्यले आग्रह गर्दै आएका छन्।

‘सत्ताभन्दा पनि नागरिकको जीवन र स्वास्थ्य महत्त्वपूर्ण हो’, कांग्रेस केन्द्रीय सदस्य एवं सभासद् बालकृष्ण खाँडले भने, ‘जनताको जीवनसँग जोडिएको विषयमा सत्ता साझेदारको दबाब स्वीकार गर्नु हुँदैन।’

उनीहरूले एउटा उच्च इमानु भएका डा अनशन बसेर ज्यान गुमाउनुपर्ने अवस्था आयो भने त्यसको दोष सरकारको नेतृत्व गरेकाले कांग्रेसकै टाउकोमा आउने भन्दै प्रधानमन्त्रीलाई तत्काल माग सम्बोधन गरी अनशन तोडाउन दबाब दिएका छन्।

‘सत्ता साझेदार अन्य दलको दबाबमा आफैंले डा केसीसँग गरेको पूर्वसम्झौता कार्यान्वयन नगर्नु प्रधानमन्त्रीको विवेकहीन र कमजोरीपनको नमुना हो’, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘डा केसीका माग अत्यन्तै जायज छन्, सरकारले तत्काल सम्बोधन गरी कार्यान्वयन गर्नुपर्छ।’

प्रधानमन्त्रीई छुट्टाछुट्टै र सामूहिक रूपमा भेट गर्दै केन्द्रीय सदस्यहरूले स्वास्थ्य शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदन आएपछि मात्रै नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनेरनदिने निर्णयमा पुग्ने गरी अनशन तोडाउन दबाब दिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

‘हामी पार्टीका केन्द्रीय सदस्य र सभासद्हरूले प्रधानमन्त्रीलाई भेटेर डा केसीले उठाएको माग जायज छ भन्दै तत्काल सम्बोधन गर्न आग्रह गर्दै आएका छौु’, खाँडले भने, ‘शान्तिपूर्ण आन्दोलनको बल धेरै हुन्छ। त्यसका लागि सकार अत्यन्त गम्भीर हुनुपर्छ भन्ने दबाब प्रधानमन्त्रीमाथि निरन्तर परेको छ।’

प्रधानमन्त्री कोइरालाले एमालेको दबाबमा आफूले मेडिकल कलेजहरूलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउन निर्देशन दिन बाध्य भएको बताएका थिए। कांग्रेसका अधिकांश नेता डा केसीको अनशनमा ऐक्यबद्धता जनाउन त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

कांग्रेसका सभासद् र बहुमत केन्द्रीय सदस्यले यसअघि गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अनशनका क्रममा भएको मृत्युले अन्तर्राष्ट्रिय जगत्मा सरकारले बदनामी कमाइरहेका बेला फेरि केसीको स्वास्थ्यमा केही तलमाथि भए त्यो सरकारको सबैभन्दा ठूलो बदनामी र असोचनीय असफलता हुने बताएका छन्।

‘डा केसीको स्वास्थ्यमा मात्रै केही खराबी भयो भने सत्तामात्रै होइन सरकारले समाल्नै नसक्ने परिणाम भोग्नुपर्छ’, खाँडले भने, ‘हामीले पार्टी नेतृत्वलाई निजी मेडिकल कलेज कति चाहिने होरु तिनीहरूले कस्तो जनशक्ति उत्पादन गर्ने हो भन्ने कुरामा गम्भीर हुन आग्रह गर्दै आएका छौं।’

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि डा केसीका मागप्रति समर्थन जनाउँदै तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले आइतबार डा केसी अनशन बसेको स्थानमा पुगेर ऐक्यबद्धता जनाएका थिए।

उनले केसीका मागप्रति पूर्ण समर्थन जनाउँदै पूरा गराउन आफूले पहल गर्ने धारणा राखेका थिए। केसीलाई भेटपछि देउवाले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई तत्काल केसी अनशन तोडाउन आवश्यक पहल र प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

देउवाले उच्चस्तरीय स्वास्थ्य शिक्षा नीति तयारी कार्यदलको प्रतिवेदन नआएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन शिक्षामन्त्री र प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको थिए।

तर कांग्रेसभित्रै सरकारमा रहेका मन्त्रीले भने केसीका माग पूरै गर्न नसकिने खालका भन्दै प्रधानमन्त्री कोइरालालाई थप अप्ठ्यारोमा पार्दै आएका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटार स्रोतका अनुसार डा केसीलाई भेटेर फर्किएपछि कानुनमन्त्री नरहरि आचार्य र वनमन्त्री महेश आचार्यले केसीका १० बुँदे मागमध्ये आधाभन्दा बढी पूरा गर्नै नसकिने प्रधानमन्त्रीसँग बताएका थिए।