काठमाडौं, १२ फागुन । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको छ ।
काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ । शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ ।
दुबै अध्यक्षहरू अहिले चितवनमा छन् । उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो ।
सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थपना गर्ने फैसला गरेपछि चितवनको आमसभा स्थगित भएको छ । दुबै अध्यक्षहरू केहीबेरमा काठमाडौं आउँदै छन् ।











प्रतिक्रिया