१० कार्तिक २०८३, मंगलबार

झापामा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, ११ फागुन । झापामा श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ३९ वर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन् । राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना भएलगत्तै प्रहरी चौकी बाघखोर तथा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । राईलाई दमक नगरपालिका २ स्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।