४ कार्तिक २०८३, बुधबार

सुरक्षा परिषद्को बैठक सकियो, के विषयमा भयो छलफल ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । लामो समयपछि बसेको सुरक्षा परिषद्को बैठक केहीबेरअघि सकिएको छ ।

रक्षा मन्त्रालयस्थित सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठक बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको गतिविधिको समीक्षा गर्नाका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ ।

खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषद्को बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

त्यसयता यो बैठक नबसेको र वर्तमान राजीतिक अस्थिरतालाई दृष्टिगत गर्दै कतिपयले आजको बैठकलाई निकै अर्थपूर्ण रुपमा लिएका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् ।