४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुर्खेतको तरङ्गामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुर्खेतको तरङ्गामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

देशका विभिन्न दुर्गम स्थानका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ सुर्खेतको बराहताल गाउँपालिकाको तरङ्गामा गत शुक्रबारदेखि १०८औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको बैंकले जनाएको छ ।

उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी टेकबहादुर कठायतलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको पनि बैंकले जानकारी दिएको छ । उक्त शाखारहित बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने प्रबन्ध मिलाईएको छ ।

यो सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको बताएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको बैंकको भनाइ छ ।

यसलाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न, मोबाइल बैंकिङ्गको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूको थालनी समेत गरेको छ ।