४ कार्तिक २०८३, बुधबार

मोटर ट्रान्सपोर्ट अफिसर तालिम समापन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित तेश्रो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम मंगलबार सम्पन्न भएको छ ।

उक्त तालिम समापनका अवसरमा आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट सिकेको ज्ञान, शीपलाई प्रभावकारी एवं जिम्मेवार ढंगले कार्यक्षेत्रमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

२१ दिन कार्यावधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ३ जना र प्रहरी सहायक निरीक्षक १९ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।